Slider[Style1]

Search This Blog

Powered by Blogger.

Blog Archive

विधि भएको देशमा व्यवहारको खडेरि

                                               विधि भएको देशमा व्यवहारको खडेरि __...

विधि भएको देशमा व्यवहारको खडेरि

        








  






                                   विधि भएको देशमा व्यवहारको खडेरि


__ सन्दिप सापकोटा


कुनै बेला गणतन्त्र संघियता यो देशले धान्दैन भन्नेहरु कमल थापा , चित्र बहादुर केसि अादिहरु पागलको कोटिमा र धर्मनिरपेक्षता भनेको समाजिक मन्दबिष हो भन्ने बिद्दानहरु पनि ढोङ्गि र रुढिबादिमा गनिन्थ्यो । अचेल समयले परिणाम देखाई दिएको छ । बिश्लेषण गर्नेहरुले अझै दुरदर्शिता देखाउन सक्छन । मैले लेखिरहदा नेपालमा सबिधान दिवस छ फेसबुकमा अनगिन्ती सबिधान दिवस सम्बन्धि सामाग्रि पोष्ट भएका रहेछन मेरो मेमोरिमा १ बर्ष अघि मैले कटाक्षले भरिएको स्टाटस फेसबुकले सम्झायो । " सबिधान दिवस रे नेपालमा नियम कानुनको ठेलि पनि छर ? #अचम्म " स्पष्ट यहि लेखेको रहे छु । २०७२ मा छापिएको सबिधान ४ बर्षमै सर्बोत्कृष्ट घोषणा गर्नेहरुको मानसिक कुपोषण प्रति दया लागेर अाउछ । नियम कानुनहरु २-४ बर्षमा होईन १०० यौ बर्षका लागि बन्छन सुधारिन्छन अनि बल्ल मुल्यांकन योग्य हुन्छन । १ बर्ष अधि न्याय नपाएका गोर्खाका अधिकारि दम्पति  अनसनमै थिए पति विते पनि अनसमै पत्नि थिईन त्यो समय सम्म पनि उनले खोजेको न्याय निसाफ पाएकि थिईनन र यो खासमा सामान्य कुरा थिएन " delay justice is not justice " भन्ने  कानुनि चलन छ देशको उत्कृष्ट संविधानले उनलाई ढिलै न्याय दियो भन्ने समाचार सुन्न पाईयो , ठिकै लाग्यो ।

केहि महिना अघि बालकृष्ण ढुङ्गेल पनि जिउले नधान्ने माला  लगायर रगत जस्तै रातो अबिर लगायर गणतन्त्र दिवसमा अाम माफिमा पर्नु भो उहा जस्ता माहान मान्छे अरु पनि छुट्ने छुटाउने गरि हाम्रो सबिधान हामिले पाएका छौ त्यो भन्दा गौरव लाग्ने कुरा नै अरु के हुन सक्लार ? अचेल निर्मला पन्त बालात्कार हत्याकाण्डको दोषि नै पत्ता लागेको अबस्था छैन यस्ता कति चर्चामा नअाएका दुरदराजका न्याय  फैलाउने हात होलान जो अन्धो कानुन र घुम्ने मेच माथिको बैरो मान्छे संग न्याय निसाफको गुहार माग्दो हो । चर्चामा अाएर देश व्यापि दबाब सृजना भएको बिषयमा त दोषि समातिदैन भने अरु बिषय कसरि दबिएको होला ? यो हृदयङगम गर्नु पर्ने गर्हौ बिषय हुन । उसो त संविधान नभएका बिटेन जस्ता देशमा पनि कानुन र विधिको शासन ज्युदो छ । नेपालिहरु दुरदर्सि त पटक्कै छैनौ तर अर्काको देखेर पनि सिक्दैनौ । छिमेकि देशका प्रम मोदि अाफ्नो देशमा धर्मनिरपेक्षताको बिरोधमा सधै समय खर्चिन्छन BJP सधै यहि वकालत गर्ने पार्टि हो । तर उनले नेपालमा धर्मनिरपेक्षता र गणतन्त्रलाई सहि निर्णय भनेर उनको देशको कुटनितिक विदेश निति अोकले सभासद भवनमा गड्गडाहट तालिको यति बज्यो कि मानौ नेपालले कुनै युद्ध नै जितेको होस । उता चिन सधै धर्म विरोधि गणतान्त्रिक मुलुक हो । कम्युनिस्ट पार्टि र पार्टिका रिटायर्ड सदस्यहरुलाई समेत  कुनै धर्म नमान्न उर्दि जारि गरिन्छ । जति चरम बिकास देखिए पनि चिनमा शेरबाहादुर देउवाले "कम्युनिष्ट शासनमा रुन पनि पाईदैन !" भनेको जस्तै स्थिति छ । हामि तिब्बत अान्दोलन हुन्जेल सम्म चिनबाट सुरक्षित छौ । फ्रि तिब्बत अान्दोलन दबाउने र नेपालको एक चिन नितिले हामि सुरक्षित छौ हैन भने सगरमाथा चिनको भनेर चिनले नभन्ला भनेर भन्न सक्ने स्थिति  छैन किन कि चिनका सबै छिमेकि देशहरु संग हुने गरेका बिबाद र सिमा बिबाद नजिरको रुपमा लिन सकिन्छ । चिनको नेपाल नितिको विषयमा एक पुर्व राजदुतले अन्तबार्तामा भनेका कुरा अलिक घत लाग्दो छ । " हजारौ बर्ष  देखिको सम्बन्ध भएको अोपन बोडर भएको  छिमेकि भारत संग नेपालको भाषा मिल्छ , संस्कृति मिल्छ, संस्कार, धर्म, रितिरिवाज मिल्छ तर पनि चिसो सम्बन्ध छ भने चिन संग के त्यसतो सम्बन्ध छर ? " ! हामि मनको लड्डु ध्यु संग खाई,हेका छौ । मागि मागि छोराको विहे त होला तर मुलुक चल्दैन भनेर हाम्रा प्रधानमन्त्री ज्युभन्न मन लाग्छ तर क्रान्तिकारि छलाङबाट जन्मेको संविधान र नया व्यबस्तामा पनि त सर्वहाराको पहुच नपुग्ने नवसमान्तबाद र निरङकुशताको अङकुसका अबशेष छन । हामि बोल्छौ , सुनाउछौ तर भुपि शेरचनका कबितामा जस्तो धुम्ने मेच माथि अन्धो मान्छे मात्र होईन बहिरो मान्छेहरु पनि छोटे राजा बनेर बिराजमान छन । हामि पहिलेको भन्दा तुलनात्मकरुपमा उधोगतिको व्यवस्थातिर अग्रसर हुदैछौ । मैले केहि बर्ष अघि उधोगपति बिनोद चौधरि ज्युको बायोग्राफि पढेको थिए कति कुरा सम्झना छ कति बिर्सेपनि होला तर पढ्दै गएपछि कुनै पाना तिर " २०२०-२०२२ साल तिर काठमाडौ भारतियहरुकालागि हङकङ बैङकक जस्तै थियो " भनेर लेख्नु भएको चै अलिक घत लाग्यो । मलाई बिनोद चौधरिले २०७५ साल चै काठमाडौलाई भारतियहरु के सम्झेलान भनेर उहाले लेख्नु होला भनेर जान्न मन छ । " 
नेपालको ईतिहासको ज्युदो कान्तिपुर -नेपालखाल्डो-काठमाडौ र भबिश्यको क्याटमान्डु नै नेपाल कुन स्थितिमा छ भन्ने जिउदो जाग्दो उदाहरण हो । सपनाको सहर काठमाडौमा पाईला टेक्ने हातिछापहरु विना पौरख पजेरो हूदै प्राडो पनि चढ्ने भै सके । तर कुनै बेला भगवानलाई लोभ्याउने नेपाल खाल्डोमा पाईला टेक्नु नपरे हुन्थ्यो भने हिलो , सास फेर्न नपरे हुनथ्यो भन्ने धुलो , दुर्गन्ध , बिरक्त लाग्दो अब्यबस्थित भिडभाड र ट्राफिक जाम , उदेक लाग्दो सास्कृतिक सम्पदाको कन्तबिजोग,एेतिहासिक धरोहरको वेवास्ता, दिर्घकालिन सहरिबिकासको समस्या अब्यबस्थित र दुरदर्शि  शहरिबिकास अचेल काठमाडौंमा हावा,पानि,खाना होईन बिष भेटिन्छन स्थिति तुलना गरौ म झुटो हुन सक्छु , अर्को मान्छे झुटो हुन सक्ला , मानौ सबै झुटा तर परिणाम त सर्वथा सत्य हुन्छ । हामि कुन गति या दुर्गतिमा जादैछौ ।
अचेल काठमाडौमा ट्रलि बस दन्य कथा जस्तै छ ।  बासबारि जुत्ता , चोभार सिमेन्ट,भृकुटि कागज, त्यत्रो ख्याति प्राप्त हेटौडा कपडा , जनकपुरचुरोट, विरगज चिनि, हेटौडा - काठमाडौ रोप्वे,  गोरखकालि टायर, विराटनगर जुट, यस्ता दर्जनौ उधोगहरु सरकारि लगानिका सिधिए कतिको कन्तबिजोग छ अरु त अरु हाम्रा प्रधानमन्त्रीले ज्युले जिकिर गरि राख्नु हुने रेल रक्सौल अम्लेख गञ्जको राणाकालिन रेललाई हेटौंडा - कुलेखानि -काठमाडौ  पुर्याउने हो भने हजारौ सबारि साधन विस्थापित हुन सक्ने सजिलो र छिटो स्थिति छ तर खै किन उहाको ध्यान तेता जादैन भन्ने बुझ्न सकिएन । राणा जिहरुले बनाएको सिहंदरबार चल्ने ,  राष्ट्रपति भवन चल्ने , सरकारि अड्डा,अदालत चल्ने तर रेल चै नचल्ने ? यो देशमा निरङकुसताको होईन अर्कालाई जस नदिने सस्कारले बिकृति निम्तिएको हो । १०४ बर्ष जाहानिया राणा शासन, २४० बर्षे निरङकुस राजतन्त्रको भजन गाउदा यो पनि बिर्सिनु हुन्न संसारकै उत्तम व्यवस्थामा त यो स्थिति छ भने पैलेका पुराना व्यवस्था समय अनुकुल सफल थिए । शाहहरुले जोडेको देशमा बसेर , राणाहरुले बनाएको दरवारमा बसेर , अरबको ग्यासको चुलोमा, चाईनिज भाडामा पाकेको भारतिय खाना खाएर जापानिज गाडि चढेर, थाईल्यान्डको कपडा, ईङगल्याडको जुत्तामा पाल्पालि वा पुर्वेलि ढाका टोपि संग नेपालि सिलाईको बिदेशी दौरा सुरुवाल कोट लाउदैमा को राष्ट्रबादि हुदैन । राष्ट्रवाद त महेन्द्र शाह संग सिक्नु पर्छ । झन्डै ५० बर्षमा नेपाल देखि नेपाल जोड्ने एक मात्र राजमार्ग महेन्द्र राजमार्ग उनैले बनाउन लगाए , उनले सुरु गरेका १२/१४ अौधोगिक क्षेत्रहरु ख्याल ठट्टा थिएनन । जागिर खान अाईज भनेर मान्छे खोज्ने समय पनि थियो कुनै बेला , ख्याति प्राप्त साझा सस्थानहरु ४६ अगाडि कै हुन , महेन्द्रकालिन भनौ या पञ्चायकालिन विदेश निति र कृटनिति कति अब्बल थियो भन्ने कुरा युट्युबमा महेन्द्र राजाका ब्रिटेन र अमेरिका यात्राका भिडियो बाटै अनुमान गर्न सकिन्छ । अमेरिकाले अाफ्नो बिदेश राष्ट्र प्रमुख भ्रमण अाउदा विमानस्थल वाट स्वागत नगरि राष्ट्रपतिभवनबाट गर्ने गरि अाफ्नो संविधान नै संसोधन गरेको रोचक प्रसंग पनि छन । जो कहिल्यै भारत संग झुकेनन माअोत्सेतुङ देखि ब्रिटिस माहारानि समेतले उनको प्रसंसा गरेको पाईन्छ । तर उनलाई जस भन्दा अपजसले धमिलो बनाउने काम भएको बुझ्नेहरुलाई प्रष्टै छ । 

केहि समय अघि भएको कैलालि कञ्चनपुरमा थरुहटको मागको लागि थुप्रै  अान्दोलन भए  । निर्मम र हृदय बिदारक  कैलालि हत्याकाण्ड कस्ले बिर्सेला  । केहि समय अघि बडो जोर सोरले थारुहटको माग राखि निरङकुस शासक बर्ग भनेर लनछाना लगाउनु हुने राजकुमार लेखि, रेसम चौधरि जस्तै अरु व्यक्तिहरुलाई स्मरण गराउन चाहान्छु बि.सं.१९१४मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले इष्ट इण्डिया कम्पनीलाई सहयोग गरे बापत बि.सं. १८७३को सुगौली सन्धिबाट गुमेको भू-भाग मध्ये पुरस्कार स्वरूप बि.सं. १९१७मा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर नेपाललाई फिर्ता आएको हो । यहा जङगबाहादुरकै शालिक चोक चोकमा राखे पनि फरक पर्दैन ।  हैन भने थरुहट, मैथिली , मधेसि, लिम्बुवान, कोचिला अादि अादि के नेपालमा मात्रै पर्छन ? सुगौलि सन्धिमा गुमेका ग्रेटर नेपालका धेरै भुभागहरुमा नेपालिहरुको बाहुल्यता छ । जात, भाषा, धर्म, सस्कृति, सबै उहि हुन , हाम्रो काकडा, टिष्टा सबै भुभाग उता छन भारतमा नेपाल जतिकै २ अोटा नेपाल सुगौलि सन्धिले गुमेको छ यस बिषयमा किन अावाज सुनिदैन । पहिचानवादिहरु त भुगोल होईन  जातिय पहिचानको नारालाई जोरसोरले उचाल्दैछन । भारतमा पनि नेवार, मगर,थारु,मधेसि, मैथलि,राजबंशि,दलित,अार्य,खस सबै छन अझ्झ भुटान म्यानमार सम्म पनि छन। लौ उता पनि पहिचानको मुद्दा उठाउ । भारतमा मात्रै अाधा मिथिला पर्छ , बिहारमा मात्रै लाखौ मधेसि छन , दार्जिलिङ , सिक्किममा त्यतिकै पहाडिमुल र हिमालि मुलका किराति, गुरुङ,तामाङ,शेर्पा,लेप्चा,क्षेत्रि,बाहुन, दलित समुदाय,मगर अादि सबै छन । यो विषयमा पहिचानबादिहरु मौन छन जबकि जुन ब्रिटिसको नितिले भारत स्वतन्त्र भयो त्यहि ब्रिटिससगको ( ईस्टईन्डिया कम्पनि)  सन्धिमा नेपालले गुमेको भुभाग नपाउने कुरै हुदैन हामि कानुनिरुपमा पनि बलियो छौ । यो सब सबैलाई नालिबेलि थाहा छ उहाहरु भारत र युरोपेलीहरु द्दारा प्रायोजित हुन हुन्छ त्यसैले बोल्नु हुन्न बुझ्नेहरुले पनि स्पष्टै बुझेको कुरा हो हाम्रो सासंद र मन्त्रीमण्डलहरु भारतले बनाएको नेपालि नक्सा सिंहदरबारमा टाङेर बस्नु हुन्छ । राणाहरुलाई गालि गर्नु हुन्छ तर त्यै जङगबहादुरले बनाएको जङगेपिल्लरको सुरक्षा समेत गर्न सामार्थ्य राख्दैन । के एक पटक अनुहार ऐनामा हेर्दैनन सिहंदरबारका माननियहरु ? अलिकता पनि दुख्दैन ? राजा र राणा जिहरुलाई गतिले र सुकिलो छवि हुन्छ भन्ने हुदैन राष्ट्रवादि महेन्द्रको सडक ५० बर्ष टिक्ने देखियो । कमल थापाको सङगतदेखि देख्न थालिएको खड्ग प्रसाद अोलिज्युको राष्ट्रवादको धार नटिक्ला जस्तो टिप्पणीले उहा प्रधानमन्त्री भए देखि अोईरिएको छ । अझ पानिजहाज,रेल र अचेल कवि सम्मेलनको बेलाको कविता बाचनलाई लिएर  हेर्दा  महेन्द्र स्टाईलमा प्रम ज्यु हुनु हुन्छकि जस्तो झल्को दिने हुनु हुदोरहेछ झै लाग्छ । 

 कम्युनिस्टहरु वर्गको राजनिति गर्छन तर नेपालमा जातिय, धार्मिक राजनितिमा लागेका कम्युनिस्टहरु देख्दा दया लाग्छ । उता देशको अभिभावक दल नेपालि काङ्ग्रेस पनि विपिको निति खोज्न राप्रपा जानु पर्ने स्थिति त काग्रेस र कम्युनिस्टमा फरक नभएकोले काङ्ग्रेस सकिएको निष्कर्ष निकाल्न र विपिको निति व्युताउन कुन अश्वमेघ यज्ञ गरेर देश दौडाउने भन्ने कुरा पनि गानगुन सुनिन्छ तर उदाहरण के लिनुपर्ने छ भने राजतन्त्र भएका बेलायत (अस्ट्रेलिया लगायतअरु पनि) , जापान, थुप्रै खाडि देशहरु पनि चरम बिकासमा छन त्याहा राजा वा राजसंस्थाले छेकेको छैन , केहि कम्युनिस्ट देश चाईना, रुस अादि पनि विकसित छन तर जनताले सुख पाएका छैनन । केहि प्रजातान्त्रिक मुलुकहरु पनि विकसित नै छन । सङघिय गणतन्त्र भएका कति देश राम्रा पनि छन युद्ध,भ्रष्टाचारको चपेटामा परेर बर्बाद भएका पनि छन । सारमा अा-अाफ्नो माटो, सभ्यता,सस्कृति अनुकुलको ब्यबस्था बिकसित हुन्छ । बिदेश बाट अायात गरेको मौसम हावा पानि अनुकुल नभएको पशु , पक्षि , बिरुवा , बनस्पति जसरि नै व्यवस्था पनि टिक्दैन । 

अचेल दिनहु जसो बलात्कारको घट्नाका सामाग्रिले सामाजिक संञ्जाल तात्छन हामिले भनेको जस्तो व्यवस्था पनि ल्यायौ । संविधान पनि पायौ । कानुन पनि छन । तर कानुनले अपराधी छेक्छ अपराध गर्न त छेक्दैन । फेरि फासि भए पछि बलात्कार हराउछ भन्ने फरक मत राख्ने जमात पनि छन  तर के यदि अपराधि घोषित गरिएको र फासि दिई सकेको दण्डित व्यक्ति निर्दोष भएको प्रमाण प्राप्त भए फेरि ज्युदो ज्यान दिने शक्ति संविधानको ठेलिमा छ ? नेपाल जस्तो देशमा निर्दोशिलाई दोषि करार गरिदैन भनेर सोच बनाउन त मुर्खता हुदैहो तर फासि देउ भन्नु माहामुर्खता हो बरु अाजिवन काराबास वा श्रम काराबासको  सजाय तोक्नु व्यवहारिक हुन्छ । उसो त उदाहरण भारतकै लिउ त्याहा फासि पनि छ तर कि ग्याङरेप र बलात्कारको घट्नामा  कमि अाएन ? संविधानले सब कुरा हुन्छ भन्ने मान्यताको खयालि पुलाउ नपकाउ नेपालमा या कुनै देशमा जब मान्छे भौतिक र नास्तिक बन्दै जान्छ धर्म र मृत्यु पर्यन्तका जिवनको अाश्था र बिश्वास मरेर जान्छ तर अादर्श, अादर,सम्मान,सहिष्णुता ,सदाचार,सत्कर्म पनि क्षिण हुदै जान्छ । 
हामिले प्राप्त गरेको सबिधानमा लेखिएको धर्मनिरपेक्षता मन्द बिष हो यो त्यसकै असर हो । व्याख्यामा राज्यको धर्म हुदैन हामि मान्न सक्छौ तर राज्यको भुगोलमा रहेको समाजमा त धर्म र धार्मिक अाश्था छ । जुन सुकै धर्म किन नहोस तर सबैमा बलात्कार, चोरि, हत्यालाई उक्साहट त गरेको छैन । नेपालमा अधिकाश सनातन धर्मि छन जस्मा पनि बैदिक धर्म ( हिन्दु ) बढि छन । जस्मा अभिवादन गर्दा नमस्कार गर्ने प्रचलन छ ति पनि ३ प्रकार छन । व्यक्तिलाई पनि नमस्कार गरिन्छ तर नमस्कार व्यक्तिलाई होईन हाम्रो भित्र हृदयमा पाप-पुण्यको साक्षि भै रहनु भएको भगवानलाई चै गरिएको हुन्छ । यो त प्रसंग मात्रै हो हामि हाम्रो संस्कार ,संस्कृति , धर्मलाई ढोङपन , रुढीबादी र  मिथम मान्ने सामाजिकिकरणको शिकार भएका छौ जानेर होस या नजानेर होस । हाम्रा मौलिक र मानविय मुल्य मान्यताको झल्को खोज्न दुर दराजको गाउ बस्ति पस्नु पर्छ । पाहुनालाई देउता मान्ने , अर्काको खाए पाप लाग्ने, मर्दाको जन्ति पर्दाको मलामि , तामा तुलसि छोयर सत्य बोल्ने अादि अादि हाम्रा धर्म संग जोडिएका मुल्य मान्यता र सामाजिक संरचना शहरका  टोलमा खोज्न गार्है छ । जहा छिमेकि पनि चिन्न गाह्रो हुन्छ सर सहयोगको भावहरु लगभग शुन्य बराबर छन । हामिमा भौतिकता जागेको छ हामि भौतिक सुख, सुविधा र भबिश्यको चिन्ता गर्छौ तर अाध्यात्ममा हाम्रा चिन्तना हराउदै गएका छन  । अंधिकासका घरमा धार्मिक ग्रन्थ छैनन , भएकाहरु संग स्वस्थानि, चन्डिपाठ,भागवत गिता,पुराणहरु हुने हो । त्यो पनि पुराना पुस्ताहरुले पाठ गर्ने गर्छन अधिकास नया पुस्ता त धार्मिक ग्रन्थ पढ्ने त टाढाको कुरा नाम समेत पनि जान्दैनन । काटुन  ,एेनिमेडेड मुभि  र धाराबाहिकका रुपमा रामायण, महाभारत देखाईन्छ जस्को अर्थ बुझाएर जिवनलाई सत्मार्ग प्रदान गर्ने भन्दा पनि सुपरह्युमनको रुपमा गणेश,भिम,राम,कृष्णलाई ,हनुमान प्रस्तुत गरिएको हुन्छ जस्ले केहि ज्ञान र कथाको बारे ज्ञान त दिन्छ तर मनोरञ्जनलाई बढि प्राथमिकता दिईन्छ । ति ग्रन्थहरुबाट जुन अाध्यात्मिक चिन्तन जागेर मान्छे नैतिकवान बन्ने हो त्यो पारिवारिरुप बाटै संस्कार दिन सकेमात्रै हुने हो । काम ,क्रोध,लोभ,मोह जस्ता कुराहरुमा नियन्त्रण राख्न कुनै देशको संविधान,नियम,कानुन, अनुसाशन सफल हुन सक्दैन । जब धार्मिकरुपमा उ नर्कमा पर्छ, पाप लाग्छ, सजाय खेप्नु पर्छ, अर्को जुनिमा जनावर भईन्छ अादि कुराले  मनमा पाप-पुण्यको फरक जान्दछ तब मान्छेले खराब काम गर्न छोड्छ , अात्मा र परमात्माको भेद जान्दछ अाध्यात्म जाग्दछ । शिवरात्रि ताका पशुपतिमा भरिने बिचित्र बिचित्रका नाङ्गा साधुहरु नाङगै हिड्छन तर उनिहरु कामलाई पुरै नियन्त्रणमा राखिरकेका हुन्छन । जसरि हाम्रो कानमा , नाकमा, हातमा,पैतालामा अश्लीलता हुदैन छोप्नु पर्दैन उसै गरि उनिहरुले शरिरका सबै गोप्य अङ्ग पनि अरु अङ्ग जतिकै मानेका छन उनिहरु अश्लिल होईनन कामबासनामा उनिहरु अाशक्त पनि हुदैनन । नागाबाबाले बालात्कार गरे भनेर घट्ना सुनिदैन बरु कपडा लगाएकाहरुले बलात्कार गरे भन्ने समाचार अाउछन । फरक  शरिर होईन अात्मा ,मन र मस्तिष्कको चेतना रहेछ । हाम्रो संविधानको मर्म धर्म भनेको मानिसहरुले ग्रन्थ अनुरुप मान्ने  धर्म अङ्ग्रेजीको religion रिलिजन मानेको छ । धर्म  त दर्शन अनुसारको जिवन पद्दति हो खासमा धर्म भनेको त अाचरण र कर्तव्य हो । अामाको धर्म, पिताको धर्म ( कर्तव्य ) , पुरुषको धर्म ( कर्तव्य, अाचरण) पनि धर्म हुन । हिन्दुहरुमा ब्रतबन्धमा विभिन्न अाचरण र अनुसासन सिकाईन्छ यो पनि धर्म हो । विवाहमा पत्नि र पतिलाई बिभिन्न स्तोत्र द्दारा अाचरण र अनुशासन बताईन्छ यो पनि धर्म हो पत्निले पतिब्रता धर्मको पालन गर्छन पतिले पतिको धर्मको पालना गर्छन । चुडाकर्म, शिक्षा ,विहे दान अादि पिता माता धर्ममा पर्छन जुन कर्तव्य हो । अन्तयेष्टि , श्राद्व अादि पुत्र धर्म हो यो पनि कर्तव्य हो । राजधर्म, ब्राह्मण धर्म,क्षेत्रिय धर्म पनि जिवन पद्धति , अाचरण र सामाजिक कर्तव्य हो जस्को बोध धर्मले गराई राख्छ । असल कार्य गर्न  उत्प्रेरित गर्छ भने खराब अाचरणलाई मृत्युपछिको अबश्था र पुनर्जीवनको कुराले निरुत्साहित गर्छ । यसरि रिलिजन र  धर्म फरक कुरा हुन । हामिकाहा धर्म निरपेक्षताले धर्म विहिनताको चित्रण गर्दछ हुन त संविधानमा व्याख्या अर्कै गरिएको छ जस्को सिङ्गै छैन उस्को नाम तिखे भनेको जस्तै हो । जाहा धार्मिक अाध्यात्मिक चेतनालाई निरुत्साहित गरि भौतिकता ति जान अभिप्रेरित गरिने कानुन बनेको छ जस्ले नैतिकता, अाचरण,जिवन शैलि, कर्म पनि के सहि के गलत  भन्ने भेद नै छैन । धार्मिक चेतनाले मानिसलाई अपराध गर्न रोक्ने सामार्थ्य राख्छ तर संविधानले अपराधि उम्किने ठाउ पनि राखेको छ उदाहरण माथिनै छन नजिरहरु प्रसस्त छन । कानुनले अपराधि दण्डित गर्छ अपराध होईन । अपराध जरैबाट न्युनिकरण गर्न त मानिसले नैतिक अाचरण र बानि व्यहोराको भेद जान्नु पर्छ त्यो अाध्यात्मिक चेतनाबाट संभव छ जुन सुकै धर्मको किन नहोस । विश्वास लाग्दैन भने संसारलाई धर्म निरपेक्षताको पाठ पढाउने अमेरिकाले अाफ्नो डलर पछाडि किन In GoD we trust लेख्छन ? बुझ्न र सोच्नु पर्ने धेरै कुरा छन कति कुरा ढिला हुन्छन तर अबेला हुदैनन । जय नेपाल